सहिद भीमनारायण गोल्डकप फुटवल : आयोजक धनकुटालाई हराउंदै नमोबुद्ध युथ फुटबल क्लब सप्तरी सेमिफाइनलमा प्रबेश
धनकुटा,१७ चैत । धनकुटामा आजबाट सुरु भएको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण पहिलो खेलमा नमोबुद्ध युथ फुटबल क्लब सप्तरी विजयी भएको छ ।
धनकुटाको तल्लो टुडिखेलमा आज भएको उत्घाटन खेलमा नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले आयोजक धनकुटालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ ।
भोलीको खेल ब्वाईज फुटवल क्लब इटहरी सुनसरी र गाईघाट फुटवल क्लब उदयपुर बिच हुने छ ।


