धनकुटामा आज एमालेले वृहत मोटरसाइकल ¥याली मार्फत शक्ति प्रदर्शन गर्दै

धनकुटा, १८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको छ, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । अराजक र प्रतिगामी हर्कतविरुद्ध उत्रिएको एमालेले धनकुटासहित देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।

चैत १८ गते जिल्ला–जिल्लामा जनप्रदर्शन र जागरण सभा गर्ने तयारी छ । जागरण सभा नहुने जिल्लाहरूमा मोटरसाइकल ¥याली प्रदर्शन गर्ने एमालेको देशव्यापी कार्यक्रम अनुसार धनकुटामा पनि ¥याली प्रदर्शन गर्न लागिएको हो । ६ सय भन्दा बढी मोटरसाइकलसहितको ¥याली प्रदर्शन गरिने एमाले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिए ।

बिहान ११ बजे धनकुटा बसपार्कमा भेला भएर मोटरसाइकल ¥याली सुरु हुनेछ । ¥याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, वीचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

सभालाई एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई, एमाले जिल्ला अध्यक्ष शिव आङ्ला लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।