चैत्र १५ मा भएको अराजक,अमानवीय र असंवैधानिक कार्य गर्नेहरुलाई कार्वाहीको माग

नरेन्द्र कश्चित/चैत्र १८,धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कोशी प्रदेशका १४ वटा जिल्ला सभापतिहरुद्वारा चैत्र १५ गते भएको दुःखद् घटनाको अविलम्व सत्यतथ्य छानबिन गरि दोषीमाथि हदैसम्मको कार्वाही गरि नागरिकहरुको जिउधन र भौतिक सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्न समेत नेपाल सरकारसँग जोडदार माग गरेेका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुद्वारा संयुक्त प्रेस वक्तव्य जारी गरि उक्त माग राखेका हुन् ।

शान्तिपूर्वक ढंगवाट आ-आफ्‌ना विचार र माग राख्न पाउने अधिकार सुनिश्चित हुँदाहुदै पनि पछिल्लो समयमा गलत, अराजक, अमानवीय र असंवैधानिक हर्कतहरु वृद्धि हुँदै गएकोप्रति नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ १४ जिल्ला सभापतिहरुद्वारा संयुक्त प्रेस वक्तव्य मार्फत खेद प्रकट गरेेका छन् ।

संयुक्त प्रेस वक्तव्यमा भनिएको छ-नेपालको संविधानले शान्तिपूर्ण ढंगबाट आफ्‌ना माग राख्न पाउने अधिकार सुनिश्चित गर्दागर्दै पनि यहि मिति २०८१ चैत्र १५ गते संघीय राजधानी काठमाडौंमा जुन ढंगवाट तोडफोड, लुटपाट, डकैत, अराजक, अमानवीय र असंवैधानिक घटना घटाइएको प्रति दुःख व्यक्त गर्दै यस्ताखाले घृणित कार्यको घोर विरोध एवं भर्त्सना गर्दछौ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा गरिने यस्ताखाले घृणित, असंवैधानिक कार्य तत्काल बन्द गर्न र आफ्‌ना जायज मागहरु लोकतान्त्रिक पद्धतिमा रहेर शान्तिपूर्ण र सभ्य ढंगबाट राख्न हुन जुनसुकै समुह, जुनसु‌कै आस्था मान्ने साथीहरुलाई हार्दिक अपिल समेत संयुक्त प्रेस वक्तव्य मार्फत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖