सहिद भीमनारायण गोल्डकप : गाईघाट फुटवल क्लब उदयपुर विजयी
धनकुटा,१८ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण दोस्रो खेलमा गाईघाट फुटवल क्लब उदयपुर विजयी भएको छ ।
धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको प्रतियोगितामा गाईघाट फुटवल क्लब उदयपुरले ब्वाईज फुटवल क्लब इटहरी सुनसरी लाई १–० गोलले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।
उदयपुरका लागि १ मात्र गोल खेलको १६ औं मिनेटमा फोफानले गरेका थिए । खेल अबधीमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि गोल भने गोल भने दुवै टोली बाट हुन सकेन खेलको म्यानअफद म्याच विजेता टिमका गोलरक्षक अनिल मगर घोषित भए ।
भोलीको खेल चित्लाङ्ग फुटवल क्लव काठमाडौँ र विर्तामोड यूनाइटेड क्लव झापा विच हुने छ ।


