आईपिएलः मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित

काठमाडौं, १९ चैत । बलरको उत्कृष्ट प्रदर्शनका आधारमा मुम्बई इन्डियन्सले १८ औं सिजनमा पहिलो जित दर्ता गरेको छ । 

 

सोमबार वानखेडे रंगशालामा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको केकेआर ११६ रनमा सिमित भएको थियो । मुम्बईले १३ औं ओभरमा नै आफ्नो लक्ष्य पुरा गर्न सफल भएको थियो ।

मुम्बईबाट आईपीएल डेब्यू गरेका तीब्र बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दिपक चाहरले २ विकेट लिए । ब्याटिङमा रायन रिकेल्टनले ५० रन बनाए भने विल ज्याकले ३० रन बनाएका थिए । कोलकाताका अङ्क्रिश रघुवंशीले २६ रन बनाएका छन् । टोलीका आन्द्रे रसेलले दुवै विकेट लिन सफल भए ।

 

टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन्। चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए । उनको प्रदर्शनले केकेआरका ब्याट्सम्यान ब्याकफुटमा परेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।