इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।

मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् ।मोरङ खेलेको तीनै खेलमा जित हा पार्दै ६ अंक जोडेको छ भने सप्तरीले ३ मा २ खेलमा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडीन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।

यस अघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने इलामले तीनै खेलमा पराजित भएको छ ।

टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रनको विशाल योगफल तयार पारेको थियो । सिरहाकी प्लेयर अफ द म्याच सरस्वती चौधरीले अविजित ७८ रन बनाउँदा मिना महतोले २६ रनको योगदान दिइन् । चौधरीले ६२ बलमा १० चौका प्रहार गरिन् । इलामकी मुना राई, टिकामाया तामाङ, प्रयंका राई र रञ्जना लिम्बुले समान १–१ विकेट लिएकी थिइन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको इलामले १६ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रन बनाएको थियो । इलामकी दिपा लिम्बु सर्वाधिक ११ रन बनाइन् । सिरहाकी अनु यादवले ३ विकेट लिँदा प्रसिद्का खडकाले पनि ३ विकेट लिइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।