सहिद भीमनारायण गोल्डकप : एपिएफ क्लव काठमाडौँ विजयी बन्दै सेमिफाइनलमा प्रबेश

धनकुटा,२० चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण आज भएको खेलमा ससस्त्र प्रहरीको एपिएफ क्लव काठमाडौँ विजयी भएको छ ।

धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको प्रतियोगितामा एपिएफ क्लव काठमाडौँले बेलवारी फुटवल क्लब मोरङ्ग लाई ३–२ गोलले पराजित गर्दै सेमिफाइन प्रवेश गरेको छ । एपिएफका लागि खेलको ६ औं मिनेटमा हरी कार्किले गोल गर्दै आफ्नो टिम लाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा युवराज खड्का गोल गर्दै अग्रता दोब्बर बनाए पनि बेलबारीको तर्फ बाट खेलको ३६ औं मिनेटमा भूवन बस्नेत र ४६ औं मिनेटमा डानियलले गोल गर्दै बराबरी गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको ९२ औ मिनेटमा बेलबारीका बिकु राईको आत्माघाती गोलका कारण एपिएफ ३–२ गोलले विजयी हुदै सेमिफाइनल प्रवेश ग¥यो । खेलको म्यानअफद म्याच एपिएफ क्लव काठमाडौँका युवराज खड्का घोषित भए भोलीको पहिलो सेमीफाइन विर्तामोड यूनाइटेड झापा र नबोबुद्ध क्लव सप्तरी विच हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।