सहिद भीमनारायण गोल्डकप : उपाधिका लागि उदयपुरको गाइघाट फूटवल क्लव र नबोबुद्ध यूथ क्लब सप्तरी विच प्रतिस्पर्धा हुने
धनकुटा,२२ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको दोस्रो सेमीफाइन खेलमा उदयपुरको गाइघाट फूटवल क्लव विजयी हुदै फाइनल प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको दोस्रो सेमीफाइनलमा ससस्त्र प्रहरीको एपीएफ क्लब लाई गाइघाटले २–१ गोल अन्र्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती मिनेट मै सशस्त्रले यूवराज खड्काको गोल मार्फत अग्रता लिएको थियो तर दोस्रो हाफमा गाइघाटले लगातार २ गोल गरेको थियो । गाइघाटका लागि दोस्रो हाफको १३ औं मिनेटमा किस्मत लिम्बु र २४ औं मिनेटमा फोफोनाले गोल गरेका थिए ।
यो संगै १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकप उपाधीका लागि उदयपुरको गाइघाट फूटवल क्लव र नबोबुद्ध यूथ क्लब सप्तरी विच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल भोली हुने छ ।


