साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

बारा, २५ चैत । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । 

 

साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए । 

 

टाइव्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो ।

 

पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बाहिर पठाए ।

 

यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल प्रहरीको विभागिय टोली प्रतियोगिताबाट बाहिरियो । 

 

पुलिसले विवेक पाण्डेको फ्रिकिक गोलबाट दोश्रो हाफको शुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो । करिब २५ यार्ड परबाट विवेक पाण्डेले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो । 

 

खेलको ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पा¥यो । अरुण गाहाको प्रहारलाई पुलिसको डिबक्स भित्र नियन्त्रणमा लिंदै अनिल रानामगरले दिएको सर्ट पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए । 

 

मच्छिन्द्रको बराबरी गोलपछि फ्लड लाईटमा भएको रोमाञ्चक खेल हेर्न सिमरा रङ्गशालामा उपस्थित करिब ७ हजार दर्शक निकै उत्साहित देखिन्थे । प्रतिष्पर्धात्मक खेलमा दुबै टोलीले केही सम्झन लायक अवसरहरु गुमाएका थिए ।  

खेलको १७ औं मिनटमा पुलिसका अरुण गाहाको उत्कृष्ट प्रहार मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले गोललाईनबाट बचाएका थिए । अनुप लिम्बुले बनाएको आकर्षक प्रहारलाई पञ्चिङ्ग गरेर मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले बचाएका थिए । गोलपोष्ट खाली रहेको अवस्थामा रिवाउण्ड बलमा पुलिसका अरुण गाहाको प्रहारलाई मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले हेडिङ मार्फत गोललाईनबाट क्लिएर गर्न सफल भए । 

 

खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले आकर्षक अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमित टमाटाले उत्कृष्ट बचाउ गरेका थिए भने खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको सशक्त प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बचाउन सफल भए । मानबहादुर परियारको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै विकास विकले प्रविणका लागि डिबक्स भित्रै आकर्षक अवसर बनाईदिएका थिए ।

 

खेलको ग्रिन इनर्जी म्यान अफ दि घोषित भएका मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । उनलाई सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले पुरस्कार प्रदान गरेका थिए । 

 

प्रतियोगिता अन्तर्गत सोमबार अन्तिम क्वाटर फाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् ।  
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।