ए डिभिजन लिग बैशाख २० वाट

काठमाडौं, २५ चैत । अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ।

 

ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

 

साथै, आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा, एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच AFC Club Competition 2025/26 सिजनको  बारेमा विस्तृत छलफल भएको थियो।

 

एन्फा महासचिव किरण राईले यही २०८२ बैशाख २० गतेबाट सो फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले AFC Club Competition 2025/26 सिजनमा भाग लिन पाउने प्रस्ताव गरेका थिए।

 

एन्फा सिइओ इन्द्रमान तुलाधरले प्रतियोगिताको अन्य विषयका बारेमा प्रष्ट पारेका थिए।

 

महासचिवको प्रस्तावमा बैठकमा सहभागी सबै क्लबहरु अत्यन्तै सकारात्मक भइ सहमति जनाएका छन्।

प्रतियोगिताको लागि यहि वैशाख १० गतेभित्र टिम दर्ता र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने सहमति पनि भएको छ।

प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।