चौबिसेमा १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,पूर्व मन्त्री राईले गरे उद्घाटन
धनकुटा,२७ चैत । धनकुटाको चौबिसे गाउँपालिकामा आज बाट १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
आज एक कार्यक्रमका विच धनकुटाका संघिय सांसद तथा पूर्वमन्त्री राजेन्द्रकुमार राईले खेलको उत्घाटन गर्नु भएको छ ।
प्रतियोगितामा धनकुटाका स्थानीय तह बाट पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका विद्यार्थीको सहभागिता रहने प्रतियोगिता भोली सम्म संचालन हुने छ ।


