इण्डो–नेपाल क्रिकेटको फाइनलमा पटना र विराटनगर भिड्दै

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब पुगेको छ । शनिबार पटना र विराटनगर उपाधि जितका लागि खेल्ने छन् ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले विराटनगरको जुट मिलको खेल मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरेका थिए । बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १–१ विकेट लिएका थिए ।

पटनाले पाएको ११७ रनको पछ्याउने क्रममा १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो । जसमा विक्की रन्जनले ३४ रन, पुरुसोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रनको योगदान गरे । बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच पटनाका विक्की रन्जनले नगर ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनलमा पुगको छ ।

वाइआरसीसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३ ओभर ४ बल खेल्दै अलआउट भएर ७७ रन मात्रै बनाउन सफल भयो । जसमा अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रनको योगदान गरे । बलिङमा वाइआरसीसीका लागि राम नरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ लिएका थिए ।
७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी भयो । जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए । बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच वाइआरसीसीका राम नरेश गिरीले नगद ३ हजार रुपैयाँ पाए ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖