धनकुटामा गगनको गर्जन : २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य छ
धनकुटा, ३० चैत । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचन अघि संविधान संशोधन अनिवार्य भएको बताएका छन् ।
धनकुटामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । संविधान संशोधन मार्फत निर्वाचन प्रणाली, प्रदेश संरचना, अधिकारको बाँटफाँट, अनावश्यक देखिएका उपराष्ट्र, उपसमामुख, संबैधानिक संस्थामा बदलाव ल्याउँनु थापाको भनाइ थियो । यस्तै थापाले नेपाली काँग्रेस पार्टीभीत्रको गुटबन्दी अन्त्यगर्न अधिवेशन प्रणाली नै फेर्नु पर्ने धारण समेत थापाको थियो ।
उहाँले अधिबेशनका बेला वडा देखि बनेर गएको गुटले काँग्रेसलाई सम्हालेर जान नसकिने उहाँको भनाई छ । काँग्रेस भित्रको गुट अन्त्यका लागि क्रियाशिल सदस्यले सिधै केन्द्रिय सभापति छान्न पाउँने ब्यबस्था गर्नुपर्ने उहाँको जिकिर थियो साथै थापाले भ्रष्टाचारमा मुछिए आफू वा पार्टी सभापति नै भए पनि कारबाहिको भागिदार बन्नु पर्ने समेत उनको भनाइ थियो ।


