‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

काठमाडौं, ६ बैशाख । यस पटक विश्वको सबैभन्दा प्रतिष्ठित फोटो पत्रकारिता पुरस्कार ‘वर्ल्ड प्रेस फोटो अफ द इयर २०२५’ को उपाधि एक प्यालेस्टिनी बालकको तस्बिरलाई दिइएको छ, जसले गाजा युद्धको त्रासदीलाई संवेदनशील रूपमा बाहिर ल्याएको छ ।

यो इजरायली आक्रमणमा दुवै हात गुमाएका ९ वर्षीय प्यालेस्टिनी बालक महमूद अज्जुरको तस्बिर हो। यो तस्बिर हाल कतारको दोहा सहरमा बस्दै आएकी गाजाका फोटो पत्रकार समर अबु अलुफले खिचेकी हुन् । समरले यो फोटो जुन २०२४ मा खिचेका थिए, जब उनी र महमूद दोहाको एउटै अपार्टमेन्ट कम्प्लेक्समा बसिरहेका थिए। महमुदलाई उपचारका लागि परिवारसहित त्यहाँ ल्याइएको थियो ।

 

उसो आउनुहोस् जानौं फोटो ‘अफ द इयर ब्वाई महमूद र फोटोग्राफर समर’ को कथा।

 

तस्बिरमा महमूद अज्जूर शान्त आँखाले क्यामेरालाई हेरिरहेका छन्, उनका दुवै हात काँधभन्दा तल छुटेका छन्। यो तस्बिर न्यूयोर्क टाइम्सका लागि लिइएको हो र मार्च २०२४ मा गाजा शहरमा भएको आक्रमण पछिको हो।

 

समर अबु अलौफ एक स्व–विवेकले बनेका फोटो पत्रकार हुन्, जसको अर्थ उनले फोटोग्राफीमा कुनै औपचारिक प्रशिक्षण लिएका छैनन्। सन् २०१० देखि हालसम्म उनले गाजाका हरेक प्रमुख समाचारलाई कभर गरिरहेकी छिन् । चाहे त्यो संघर्षको कथा होस् वा आम जनताको जीवन ।

 

सन २०२१ मा इजरायल–गाजा युद्धको क्रममा उनले न्यूयोर्क टाइम्सका लागि काम गर्न थालिन। त्यसबेलादेखि आजसम्म उनले युद्धका धेरै तस्बिरहरू विश्वमा पठाइरहेकी छिन् ।

यस अघि पनि उनले अवार्ड जितिसकेकी छन् । सन २०२३ मा उनले पोल्क अवार्ड जितिन्, जसमा उनको एउटा तस्बिर निकै लोकप्रिय भयो। त्यो तस्बिरमा विद्यालयमा केही बालबालिका टाउको उठाएर आकाशतिर हेरिरहेका थिए, माथिबाट बम खसेको देखिन्थ्यो । सन २०२४ मा उनले ‘एन्जा निडरिंगहस साहसी फोटो जर्नालिज्म अवार्ड’ प्राप्त गरिन, जसमा उनले १२ फोटोहरूको श्रृंखलामा युद्धमा महिला र बालबालिकाको अवस्था देखाएकी थिइन् ।

सन २०१९ मा उनले मिडल ईस्ट आईको लागि पनि काम गरिन्, जहाँ उनले बाल मृत्यु मात्र नभई गाजाको सामाजिक आर्थिक समस्याहरू पनि दस्तावेज गरेकी थिइन । समरले २०१६ मा एक अन्तर्वार्तामा गाजामा यो काम सुरु गर्न निकै गाह्रो भएको बताएका थिइन । त्यो बेला न जनताले हौसला दिए, न कसैले वास्ता गरेका थिए  तर आज उनका तस्बिरहरू विश्वका ठूला पत्रिकाका पानामा छापिरहेका छन् । र अहिले महमूदको तस्बिरमार्फत समरले अवार्ड मात्रै नभई सारा विश्वलाई युद्धको पीडा पनि देखाएकी छिन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।