युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथा सङ्ग्रह ‘बहुरूपी’

काठमाडौं, ९ बैशाख । लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ शनिवार सार्वजनिक भएको छ ।

 

एकसाथ काठमाडौँका ७ स्थानबाट पाठकहरुसँगको अन्तरक्रियासँगै पुस्तक बिक्रीका निम्ती सार्वजनिक गरिएको हो ।

 

पुस्तक सार्वजनिकको परम्परागत शैलीभन्दा पृथक् रूपमा सिनेमाको बजारीकरण गरेजस्तै उक्त किताबको काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालका बुक स्टलबाट सार्वजनिक गरिएको हो ।

बिभिन्न बुक स्टलमा पुगेका पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक गदास् पाठकले कुनै सिनेमाको बजारीकरण भएको जस्तै महसुस गरेका थिए ।

 

मधेश प्रदेशको धनुषा जिल्लाको पोर्ताहामा घर भएका सुवेदीको जन्मथलो भने पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा भएको थियो ।

वीरगञ्ज कृषि औजार कारखानामा सुवेदीको बाल्यकाल बितेको थियो। त्यहाबाट हेटौडा हुदौ हाल महालक्ष्मी नगरपालिकाको लामाटारमा बसोबास गर्दै आएका छन ।

 

३१ वर्षीय सुवेदी बिगत एक दशकबाट अटो इन्डस्ट्रीमा सेल्स डिपार्टमेन्टमा काम गर्दै आएका छन । हाल उनी बीवाईडी नेपालमा डिलरशिप सेल्स हेर्दै आएका छन । त्यहीँ उनको बजारीकरणको अनुभवका कारण उनले सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार–प्रसार गरेका हुन ।

पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने लेखक सुवेदी बताउँछन् । उनी भन्छन्, ‘यो पुस्तक मैले करिब पाँच वर्ष अगाडी कोरानाकालमा लेखेको हुँ ।’

कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन्। युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा सुवेदीले प्रस्तुत गरेका छन्।

सधैं शान्त बस्न रुचाउने सुवेदीले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, ‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, लोकार्पणले त्यसको शुरुवात भएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।