धरानबाट हराएको बस टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा विराटनगरमा फेला
सुनसरी । धरानबाट हराएको बस विरानगरमा फेला परेको छ ।
धरानको बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगर ल्याएर त्यसका पाटपूर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा फेला परेको हो ।
व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१ ख ९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो ।


