शेष घले नेतृत्वको एनआरएनएको महाधिवेशनः २ हजार ६४३ डेलिगेट्स फाइनल

काठमाडौं, १८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) को फाइनल सूची तय गरिएको छ । 

 

उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २ हजार ६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए । 

 

उनका अनुसार फाइनल प्रतिनिधिमध्ये कतिपयले अझै पनि आवश्यक कागजात बुझाउन बाँकी रहेको भन्दै निर्वाचन समितिमा बुझाएर निर्वाचनमा भाग लिन आग्रह गरे । उनका अनुसार शुक्रवार अपराह्न २ बजेभित्र तोकिएको कागजात र दस्तुर बुझाउनु पर्नेछ ।

 

निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका मतदाताहरूमध्ये वैशाख १५ गतेसम्म ६२५ जनाको नाम प्रमाणीकरण भई   निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको थियो । अब समितिले प्रक्रिया पूरा गरेर पुनः थप नामावली सूची प्रकाशित गर्नेछ ।

 
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले शुक्रवार अपराह्न निर्वाचन समितिले प्रक्रिया पूरा भएका नामावली थपेर अन्तिम नामावली प्रकाशित गर्ने बताए ।  शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।

 

 ‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ। त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौं,’ समितिले भनेको छ। 

 

शेष घलेको नेतृत्वको एनआरएनएको एकता महाधिवेशन वैशाख २० देखि काठमाडौँमा सुरु हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।