भारतको ओडिसा स्थित किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला
काठमाडौ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् ।
उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।


