राष्ट्रपति संसद भवनमा, केही बेरमा नीति तथा कार्यक्रम सार्बजनिक हुने
काठमाडौं, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केही बेरमा सार्बजनिक गर्दैछ ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।


