पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत

विराटनगर । सक्रिय पत्रकार एवं सूचनाको हकका अभियन्ताहरु विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारी शनिबार विराटनगरमा पुरस्कृत भएका छन् ।

मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् ।

भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी २ दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । संखुवासभाबाट पत्रकारिताको यात्रा सुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारिता गर्छन् ।

साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की र मेयर कोइरालाले सूचनाको हकको प्रवर्धन एवं प्रभावकारी कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।

उक्त पुरस्कार सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवर्धन, नागरिक जागरण र प्रचारप्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो ।

यसवर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण समारोह राखिएको थियो । तर, राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बन्यो । जसका कारण पुरस्कार वितरण कार्यक्रम सरेको थियो ।

महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण एवं अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्षहरु विक्रम लुइँटेल, लीलाबल्लभ घिमिरे, पत्रकार महासंघका प्रदेश अध्यक्ष भरत खड्का, महासंघका केन्द्रीय सदस्य कमल रिमाललगायतले मन्तव्य राखेका थिए । पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्माले पुरस्कृत हुनेहरुको पृष्ठभूमिका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा शर्मालाई सम्मानसमेत गरिएको थियो ।

नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार सिफारिस समितिको सिफारिसका आधारमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण गरिएको हो । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको संयोजकत्वमा रहेको ३ सदस्यीय सिफारिस समितिमा महासंघ मोरङका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका छन् ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार एवं सूचनाको हकका अभियन्ता गजेन्द्र बुढाथोकी, सूचनाको हकका अभियन्ताहरु काशीराज दाहाल र स्वः विनय कसजूलाई प्रदान गरिसकिएको छ ।

षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार यसअघि सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, पत्रकार मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिसकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।