शिकारीले फालेको दुईथान बन्दुक फेला

सिरहा, २१ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ।

 

शिकार खेल्न गएका शिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो।

 

शिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर  खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जनाए।

 

उनले भने, ´शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए। उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।´

 

बन्दुक कसले फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖