जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा, २२ ब‌ैशाख । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवेक साह रहेका  छन्।
 
प्रहरी चौकी कचनारी र प्रहरी  चौकी हरकट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई औरही गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रको दरैया टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको  छ।
 
 सो स्थानमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउपछि साहलाई सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला  प्रहरी कार्यालय  सिरहाले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।