झापाका एक ब्यक्ति भारतमा मृत फेला
झापा । झापाका एक ब्यक्ति भारतमा मृत फेला परेका छन् ।
मृत फेला परेका ब्यक्ति झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित खुदुनाबारी निवासी रबिन कुमार श्रेष्ठ रहेको बताइएको छ ।
उनी भारतको चेन्नईमा मृत फेला परेका हुन् ।
श्रेष्ठ केही दिनअघिदेखि बेपत्ता भएका थिए ।


