बद्रीनारायण धामलाई बिकास गरौं: उपप्रधानमन्त्री सिंह

काठमाडौ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजानका लागि दिइने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।

नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले अहिले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताएका हुन् ।

 

समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने पनि सिंहले विश्वास व्यक्त गरे।

‘एउटा कानले सुन्ने अर्कोले उडाउने गर्छौ । त्यसो हुनुभएन । समाजलाई सत्यको बाटोमा लैजानका लागि धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसाथ गरौं,’ उनले भने,‘ जसले मेहनत गर्छ । मेहनतको फलको आनन्दप्राप्ति नै बेग्लै किसिमको हुन्छ ।’

 

समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडी बढाउन सेवाभावले समर्पित व्यक्तिहरुको समाजले मूल्यांकन गर्नसक्नुपर्ने पनि उनले बताए ।

 

`तर, अहिले जुन प्राप्त गरेका अधिकार छन । ती अधिकारको मूल्य र मान्यतालाई राम्रोसँग बुझ्नुपर्छ । अधिकारको मात्र कुरा गरेर हुँदैन पूरा गर्नुपर्ने दायित्वमा पनि सोच्नुपर्छ ,’ उनले भने।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको भन्दै त्यसको निरन्तरतामा ध्यान दिने सिंहको भनाई छ ।

धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे ।  

धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖