भन्सार छलीको कपडा र २ मोटरसाईकल सहित तस्कर पक्राउ

रौतहट, २३ बैशाख। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको कपडा दुईथान मोटरसाईकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ।

तस्करीको सामान मोटरसाईकल सहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ बर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्यून कारखानालाई बताएका छन्। 

जिल्ला प्रहरीबाट बिशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अबैध कपडा, नम्बर नभएको दुईथान मोटरसाईकल सहित पासवान लाई नियन्त्रणमा लिएको थियो। 

बरामद कपडा, मोटरसाईकलको कुल तिनलाख २३ हजार मूल्यांकन सहित पक्राउ पैसवान लाई आवश्यक कारवाहीको लागि सोमवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

जिल्लामा नयाँ एसपिको रुपमा गिरीले कमाण्ड सम्हाले देखी प्रहरीले सक्रियता बढाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖