बाल यौन दुर्व्यवहार प्रकरणमा बेबिलोन स्कूल विवादमा, सञ्चालक पक्राउ

काठमाडौं, २३ बैशाख । बाल यौन दुर्व्यवहारको आरोपमा बेबिलोन स्कूलका सञ्चालक पक्राउ परेपछि उक्त घटनाले गम्भीर मोड लिएको छ। 

घटनामा प्रहरी अनुसन्धान जारी रहेको बेला पीडित पक्षले विद्यालय प्रशासनमाथि पीडकलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप लगाएका छन्।

प्रहरी स्रोतका अनुसार, सञ्चालकले विगत केही वर्षदेखि छात्राहरूमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

मोरङ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा–९ मा बसोबास गरिरहेका उनीविरुद्ध काठमाडौंको नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता भएको थियो।

पीडित बालिका हाल कक्षा १० मा अध्ययनरत रहेको र उनले साहसी कदम उठाउँदै उजुरी दिएपछि मात्र घटनाबारे सार्वजनिक भएको हो। 

पीडितको परिवारले विद्यालय प्रशासनले मेलमिलाप गर्न दबाब र उजुरी फिर्ता गराउन दवाव दिएको पीडितको गुनासो छ । 

‘स्कुलले हाम्रो छोरीलाई रेष्टिकेट गर्ने धम्की दिँदै आएको थियो। अहिले भने स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय(विनय गरिरहेको छ,’ पीडित पक्षले  बताए।

विद्यालय प्रशासनले भने हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। सञ्चालकको नाम प्रहरीले गोप्य राखेको भए पनि सामाजिक सञ्जालमा घटनाप्रति व्यापक आक्रोश देखिएको छ।

यस घटनाले निजी विद्यालयहरूमा बालबालिकाको सुरक्षाका विषयमा गम्भीर प्रश्न उठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।