ब्राउन सुगरसहित चन्द्रागिरीवाट बिबेक गुरूङ पक्राउ

काठमाडौं, २३ बैशाख । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई  प्रहरीले पक्राउ गरेको छ । 
 
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
 
यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ ।
 
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश.३-०२-०१० प ८२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।