जागिरको प्रलोभन दिएर भारततर्फ दुई युवती ल‌ैजाने बिरगञ्जमा पक्राउ

बिरगञ्ज, २४ बैशाख। राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले न्युज कारखाना लाई बताएका छन्।

वीरगञ्ज  शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलवार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी  सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।

दुबैजना युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगंजमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका  भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको एसपी मिश्राले आज सार्वजनिक गरेका छन्।

आरोपी रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट  ५ दिनको म्याद लिइ  थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्साल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।