भारी मात्राको लागू ओषधसहित दुई जना पक्राउ

सिरहा, २४ बैशाख ।सिरहामा प्रहरीले  भारी मात्रामा  लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ  पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव  रहेका छन् । 

 जिल्लाको  लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको  प्रहरीले जनाएको  छ।

पक्राउ  परेका दुबै  जना र उनीहरूले  प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी  कार्यालय  सिरहाका प्रहरी प्रवक्ता तथा  डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी  दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖