२०८४ को निर्वाचनमा एमाले एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव

काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् ।
 

राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई राष्ट्रिय शक्ति बनाउन युवाको महत्वपूर्ण भूमिका हुने बताए ।

 

‘एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कोहीसँग छ भने त्यो ४० वर्ष मुनिका युवासँग छ’, उनले भने ।

 

४० वर्ष मुनिका युवालाई आरक्षणको विशेष व्यवस्था गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । पार्टीको वडादेखि केन्द्रसम्म ४० वर्ष मुनिका युवालाई आरक्षण गर्ने काम नेकपा एमालेले गरेको पोखरेलले बताए ।

अबको पार्टी कामको दिशा युवाको बिचमा पार्टीलाई लैजाने भएको उनले जनाए । देशका मतदाताको ठुलो हिस्सा युवा भएकोले युवाको बिचमा पार्टी जानु पर्ने उनको धारणा छ । युवा परिचालनको विशेष योजना बनाएर काम गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन ।

 

उनले पार्टीको पक्षमा निष्ठाका साथ उभिन पनि नेताहरुलाई आग्रह गर्नुभयो । पार्टी माथि चौतर्फी आक्रमण भएको बेलो त्यसका विरुद्ध सबै एक ठाउँमा उभिनु पर्ने पोखरेलको धारणा छ । 

 

नेकपा एमालेलाई पटक पटक विभाजन प्रयास गरिएको बताउँदै उनले ती सबै समस्यासँग जुध्दै एमालेलाई फेरी जनताको रोजाइको सबैभन्दा पहिला पार्टी बनाइएको पोखरेलले जिकिर गरेका छन । जनताको रोजाइको पहिलो पार्टी भए पनि एक्लै सरकार चलाउन सक्ने सामर्थ्य एमालेले जुटाउन नसकेको उनको भनाइ छ । २०८४ को निर्वाचनमा एमालेलाई एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उनको धारणा छ । 

 

अहिले दुईवटा ठुला पार्टी मिलेर मुलुकलाई संकटबाट निकाल्ने प्रयास गरिरहेका पोखरेलले बताउनुभयो । दुई ठुला पार्टी मिलेपछि देश आर्थिक सञ्चिति र विकासको हिसाबले अघि बढेको पोखरेलले दाबी गरे ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।