‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

विराटनगर, वैशाख २५ । विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ ।

उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उदेश्य प्राप्तिका लागि समाचार लेख्ने गरेको बताउँदै कोइरालाले गोरखापत्र दैनिकले नागरिक र समाज विकासको बारेमा लेख्ने गरेको बताउनुभयो । नगरप्रमुख कोइरालाले गोरखापत्रले मात्र तीनै तहका सरकारको आवाज,विकास र गतिविधि लेख्ने गरेको चर्चा गर्दै लेखिएको सामग्रीलाई प्रभावकारी वितरणमा जोडदिन आग्रह गर्नुभयो ।गोरखापत्र नेपालीहरूको सम्पति भएको बताउँदै यो सम्पत्तिको संरक्षणको जिम्मेवारी महानगरको पनि भएको उल्लेखख गर्नुभयो । उहाँले घिनाघाट ( झोराहाट सडकबाट संस्थानको कार्यलयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने बचन दिनुभयो ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रले आफ्नो प्रकाशनलाई डिजिटलाइट गरेर अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सरकारी अखवारका आफ्नै समस्या होलान ।तर ,पाठकले त्यो बुझ्दैनन। प्रजिअ यादवले वहुभाषिक पत्रिका र प्रादेशिक रुपमा प्रकाशन गर्नु सरकारी पत्रिकाको दायित्व भएको बताउनु भयो। निजी क्षेत्रले यो काम गर्दैन किनकी उनीहरूको प्रमुख उदेश्य ब्यापार हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले गोरखापत्र दैनिक दक्षिण एशियामा छापा पत्रकारिताको अभिभावक भएको बताउनुभयो ।

कार्यक्रम माथि प्रकाश पार्दै निमित्त कार्यालय प्रमुख राजकुमार गुरुङले विराटनगर कार्यालयले मधेस र कोशी प्रदेशका जिल्लाहरूमा गोरखापत्र वितरण गरिरहेको बताउनुभयो ।सरकारको लगानीमा रहेको पत्रिकालाई नागरिकको पत्रिका बनाउने उदेश्य अनुसार काम गरिरहेको बताउँदै गोरखापत्रको कसैसँग प्रतिस्पर्धा नरहेको बताउनुभयो ।

निमित्त प्रमुख राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशीलकुमार श्रेष्ठ र शहरी विकास कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहलाई सम्मान गरिएको थियो ।कार्यक्रम विज्ञापन शाखाका प्रमुख कृष्ण लुइँटेलले सञ्चालन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।