अधिकांश पसलमा न बिजबिजक, न मूल्यसूची, परे कारबाहीमा

सिरहा, २६ वैशाख । सिरहाको  लहान बजारमा संचालित अधिकांश पसलको व्यवसाय दर्ता, नवीकरण , खरिद बिक्रीको बिजबिजक  तथा मूल्यसूची नभएको भेटिएको छ ।
 
इलाका प्रशासन कार्यालय लहान तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको संयुक्त बजार अनुगमनका क्रममा  लहान  बजारका अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिजबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको हो।
 
 
अनुगमन टोलीले यस्ता पसललाई जरिवाना र सामान्य चेतावनीसहित सचेत गराएका छ्न।
 
 अनुगमन  क्रममा  अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई रू १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई ५ हजार जरिवाना तोकेका छ्न।
 
 
त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेकृष्ण इम्पेरियम र अर्चिड क्याफेलाई पहिलोपटकलाई सामान्य चेतावनीसहित सचेत गराएका छ्न।
 
 
साथै यी पसलका सञ्चालनकलाई तीन दिनभित्र पसलमा मूल्यसूची राख्न र आवश्यक कागजात इलाका प्रशासन कार्यालयमा बुझाउन अनुगमन  टोलिले निर्देशन दिइएको छ । 
 
 
यदि  व्यवसायीले अटेर गरे कानुनबमोजिम कारबाही गरिने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज  सुयालले बताए। 
 
 
त्यसैगरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगञ्जका प्रतिनिधि मधुरेशप्रसाद साहले पहिलोपटक भएको बजार अनुगमनमा अखाद्य वस्तु बिक्री गर्नेलाई सचेत गराइएको र दोस्रो चरणको अनुगमनदेखि अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने  बताए ।
 
 उनले इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न व्यवसायीलाई  निर्देशन दिए । 
 
 
अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र इलाका प्रशासन कार्यालय लहानका साथमा घरेलु तथा साना उद्योग कार्यालय लहान, जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, सशस्त्र प्रहरीका प्रतिनिधि  रहेका थिए । 
 
 
विगत केही समयदेखि  देश भर स्थानीय बजारहरूमा अनियमितता, अनुगमनको अभाव, तथा व्यवसायिक अनुशासनको कमी व्यापक रूपमा देखिँदै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।