सूर्यविनायकको अधिकृतमा उपसचिव आचार्यलाई पठाउन मन्त्रालयको दवाव

भक्तपुर, २८ वैशाख । बजेट निमार्णको मुख्य समयमनै प्रमुख प्रशासकीय अधिकृतको हेरफेर हुदाँ स्थानिय तहका निति निमार्णमा समस्या भएको छ । 

 

 

संघीय मामिला तथा सामान्य प्रशासनले पछिल्लो पटक बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवतन गर्दा हाल दुई नगरपालिकामा यसको प्रत्यक्ष असर देखिएको छ । 

 

यसको पछिल्लो उदाहरण हो,  मन्त्रालयले बाराको निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवामा मन्त्रालयले गरेको लापरवाहीका कारण नगरपालिकाको कार्यसम्पादन समेत भद्रगोल भएको थियो ।

 

नयाँ हाकिम पाएको पालिकाले तिव्र रुपमा कार्य अघि बढाउने योजना बनाएतापनि प्रक्रियाका निम्ती मात्र निजगढमा हाजिर भएका कारण नगरपालिकाको करिब दुई महिनाको समय बर्बाद भयो ।

 

२०८१ फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यले मन्त्रालयका केही कर्मचारीसँगको मिलाेमतोमा हाजिर भएको १२ दिनमा नै उनको सरुवा सूर्यविनायकमा गराए । 

 

मन्त्रालयका एक कर्मचारीका अनुसार उपसचिव आचार्यले केही कर्मचारीसग अनुचित लेनदेन गरी प्रक्रियाका निम्ती मात्र निजगढ नगरपालिकामा गएको जानकारी दिए । उनका अनुसार मन्त्रालयले उपत्यका भित्र रहेका पालिकामा कार्यगर्नका निम्ती एक पटक उपत्यका बाहिरको पालिकामा कार्य गर्नुपर्ने प्रक्रियाका निम्तीमात्र आचार्यको निजगढमा सरुवा गरिएको थियो ।

 

उता उनी सरुवा भई गएका सुर्यबिनायक नगरपालिकामा अहिले नया बजेट बनाउने र पुराने बजेटका कार्यहरुको अनुगमन तथा भुक्तानीको अन्तिम तयारीमा भएको बेलामा हाल सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाको अनुसार अधिकृत आर्चाय पालिकामा आएपनि लामो समय बसेर कार्य गर्ने बिश्वास नगरपालिकाको नरहेको र अनुचित लेनदेन गरी सरुवा भई आएका कर्मचारीले नगरपालिकाको अर्थमा नजर भएको कारण आर्थिक दुरुपयोग गर्न आएको हुनसक्ने जानकारी दिएको छ । 

 

तर उपसचिव आर्चाय हाल कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई जसरी भएपनि हटाएर आफु त्यहाँको प्रमुख प्रशासकीय अधिकृत बन्ने तयारीमा छन । 

 

त्यसका निम्ती उनले पटक पटक मन्त्रालयबाट उनलाई पत्र पठाउन लगाउने देखी सचिव, सह–सचिव, शाखा अधिकृत लगाएतबाट फोन गराउने कार्यमा सक्रिय छन ।

 

मन्त्रालयकाका अर्का कर्मचारीका अनुसार आर्चायको सरुवा भएको ४० दिन भयो उहाँ दैनिक जस्तै मन्त्रलय आउनुहुन्छ र त्यहाँ भएको अधिकृतलाई जसरी भएपनि रवना लिन दवाव दिन लगाउने कार्यमा व्यस्त भएको पाईन्छ । यसरी जवरजस्ती नगरपालिका गएर कार्यगर्दा पछि समस्या आउने गरेको पाईएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।