सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।

 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

 

अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो।

 

उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ।

 

सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ।

 

 प्रारम्भिक छानबिनमा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको बताइएको छ।

 

सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरुलाई सेना मातहत राखिएको हो।

 

 तर, कानूनी कारबाहीको दायरामा पर्ने दुईजना अवकास प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्व जमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ।

 

चारैजना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ।

 

 

 नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायहरूलाई थप कारबाहीका लागि जिम्मेवारी तोकेको हो।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।