बिवाह भएको ६ महिना नपुग्दै महिलाको संकास्पद मृत्यु,दाईजोको कारण हत्या गरिएको दाबी

सञ्जय मिश्रा /रौतहट ,३० बैशाख  ।  रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ।

 

 

माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्।

 

कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया  ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको हो। 

 

आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको प्रहरीले जनाएको छ।

 

घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।

 

मृतकको पोष्टमार्टम भएर शव सतगतको लागि मृतक सानियाका आमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौली घर भएकी कायमा खातुनले बुझेर लागेको प्रहरीले जनाएको छ।

मृतककी आमा कायमा खातुनका अनुसार सानीयाको विवाह करिब ६ महिना अघिमात्र अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो।

 

विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको लागी छोरी सानियालाई अनेक प्रकारके शारीरिक तथा मानसिक यातना दिँदै आएको थियो।

 

ज्वाईँ तथा उनको परिवारले दिनेगरेको यातना सहन गर्न नसकेकोले उनीहरूले योजनाबद्ध तरिकाले सानियाको हत्यागरी आत्महत्या देखाउन खोजेको कायमाले दाबी गरेकी छिन्।

 

घटनामा संलग्न अरमान सहित सबैलाई पक्राउ गरी कडा कानुनी कारवाही हुनुपर्छ सानियाको माईती पक्षले माग गरेको छ। माईती पक्षले छोरीको 
हत्या भएको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको  जनाएको छ ।

 

 ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटना बिरुद्दको जाहेरी हालसम्म दर्ता नभएको तथा घटना शंकास्पद भएको न्युजकारखानालाई संकेत दिएका छन्।

 

उनले घटनाको अनुसन्धान पछिमात्र यकिन साथ भन्नसक्ने अथवा कानुनी प्रक्रिया अगाडी बढाईने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।