एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

सञ्जय मिश्रा /बिरगंज, २ जेठ। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्भाले देखिनै एसपी गौतम मिश्र पुरै एक्सनमा देखिएका छन। 

उनको कडा एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अबैध माल सामान बरामद गरेको छ।

एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको छ।

विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका १९५  प्रतिवादीहरूलाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरिएको एसपी  मिश्रले बताएका छन्। 

फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते उक्त प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड सजाय असुलको लागि बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

उनीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलको लागी अदालतमा उपस्थित गराइएको छ।

एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीको लागी गर्बको अनुभूति गरिरहेको एसपी मिश्रले न्युजकारखानालाई बताए ।

एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी, लागुऔषध कारोवार, नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।