‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

सञ्जय मिश्रा /रौतहट, २ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।

 

घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन बिचौलियाको चलखेल लाई चुनौती दिँदै ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो।

 

बिचौलियाले प्रहरी सँगै पीडित परिवार लाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका थिए तर एसपी नेत्र मणि गिरीको निर्देशन तथा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीको सुझबुझले दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा दायर गरिएको हो।

कटहरिया- ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया- ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाट माथी २१ वर्षीया श्रीमती सानीया प्रविन लाई आत्महत्या गर्न बाध्य पारेको खुलेपछि ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको डिएसपी कार्कीले न्युज कारखाना लाई बताएका छन्।

बिवाह भएदेखि नै मृतकका श्रीमान तथा घटनाका मुख्य आरोपी अरमानले दाईजोमा माग गरेको मोटरसाईकल, ऐसी, पैसा, लगायत सानो सानो कुरामा पनि श्रीमती सानियालाई मान्सीक यातना दिने गरेको कारण घटना भएको अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताएका छन्।

मुख्य आरोपी माथि मुद्दा दायर गरिएको छ, घटनाको थप अनुसन्धान भइरहेको छ, अनुसन्धानमा अरु ककस्को संलग्नता देखिन्छ त्यसै अनुसारको कारवाही प्रक्रिया बढाईने डिएसपी कार्कीले जानकारी दिएका छन्। घटना पछी मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान राय भाट फरार रहेको तथा खोजीकार्य भइरहेको डिएसपी कार्कीले बताएका छन्।

मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका ११ राय टोला  निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाईजोको कारण छोरी सानिया लाई दैनिक जसो  कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेको आरोप लगाएका थिए।

६ महिना अघि अरमान संग बिहेगर्दा दाईजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाईकल त कहिले १ लाख भारु माग गरेको, केहीदिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाई छ। उनीहरूको माग पुरा गर्न नसकेको कारण बिशेष गरी समधिनि संग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

के हो घटना ?

गत आईतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो।  सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताईरहेका छन भने माईती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेको भन्दै आएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उक्त मृत्युको घटनाको नेपाल प्रहरीका संगठन प्रमुख आईजिपी दीपक थापाले बिशेष चासो राखेका थिए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।