गाडीबाट लडेर युवकको मृत्यु

रौतहट, ३ जेठ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ। 

 

मृतकको पहिचान र दुर्घटना भएको गाडीको हालसम्म यकिन खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।

गएराति १० बजेको समयमा चन्द्रपुर–४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाईते अवस्थामा लडेको फेलापरेको थियो। 

प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्दार गरी उपचारको लागी स्थानिय अस्पतालमा पठाईएकोमा डाक्टरले मृत् घोषणा गरेको डिएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडी बाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डिएसपी राईको भनाई रहेको छ।

 

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ। मृतकलाई चिन्नु हुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोधसमेत गरेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।