स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ

काठमाडौं, ३ जेठ ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो । 

 

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रूपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

 वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

 

रौतहट, गौर नगरपालिका-१ नगरपालिका कार्यालय अगाडिबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरूमा परोहा नगरपालिका-२ बस्ने २० वर्षीय किष्ण कुमार साह र गौर नगरपालिका-५ बस्ने २० वर्षीय हरिबन कुमार साह रहेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।