पत्रकार महासंघ काठमाडौंको सूचना अधिकारीमा गणेश विक

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् । 
 
पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् ।
 
शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ । महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।

पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । 
 
विकले लामो समयदेखि विभिन्न रेडियो, छापा  तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।  विकले विगतमा अनुसन्धानमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् । शाखाले  विकलाई विश्वास व्यक्त गरेको छ कि विकको पत्रकारिता अनुभव र सक्रियताले महासंघको सूचना व्यवस्थापन थप प्रभावकारी र जनमुखी बन्नेछ । 
 
नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् । यस  निर्णयसँगै विकले शाखा र पत्रकारबीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।