मोरङ समाजको २५ औं रजत जयन्ती, मास्केको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं – मोरङ समाज काठमाडौं (मोसोका)को २५ औं रजत जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा समाजको रजत जयन्ती तथा वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

शनिबार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले समय परिस्थितिले जता पुगे पनि मन आफ्नो मोरङमै रहेको बताइन्। 

स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाइरहँदा र प्रमुख अतिथि भएर बोल्न पाउँदा आफूलाई गर्व लागेको भन्दै उनले आफू जन्मेको ठाउँलाई सधैं माया गरिरहने बताइन्। 

कार्यक्रमको कार्की, विशिष्ट अतिथि पूर्वसूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल र महालेखापरीक्षक तोयम रायले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेका थिए। रिजाल र रायले मोरङसँग विभिन्न कालखण्डमा आफूहरूले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताए।

सो अवसरमा मोरङ समाजको रजत जयन्तीको अवसरमा स्मारिका पुस्तक विमोचनसमेत गरिएको थियो। 

कार्यक्रममा नेपाल प्रहरीका एआइजी राजन अधिकारी, सुबोधराज प्याकुरेल, नवराज पाण्डे, उज्जवल पौडेल, गोपालप्रसाद गुप्ता, कैलाश श्रेष्ठलगायत २५ जना सल्लाहकार तथा लब्ध प्रतिष्ठितलाई सम्मान गरिएको थियो।

समाजका अध्यक्ष नरेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ओमकुमार मास्केले दिएका थिए। 

साधारणसभाले मास्केको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। 

उपाध्यक्षमा व्यन्जु ढुंगेल, प्रवीण ओझा, महासचिवमा नवीन बानियाँ, सचिवमा प्रकाश रेग्मी, कोषाध्यक्षमा शेखर सिटौला चयन भएका छन्।

अध्यक्ष मास्केले समाजलाई अगाडि बढाउन लब्ध-प्रतिष्ठित व्यक्तिसँग हातेमालो गर्ने बताएका थिए। कार्यक्रममा पूर्वअध्यक्ष कृष्णमुरारी कोइराला, रमेश बस्नेत, विमलकुमार भट्टराई, ध्रुवकुमार तिम्सिनाले मन्तव्य राखेका थिए।  

मोरङ समाजको रजत जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना सन्देश पठाएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।