सोलुखुम्बु घर भइ नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङले गरिन् विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण

विराटनगर, जेष्ठ ०७ गते । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएको छ ।

वहाँले मिति २०८२ साल जेष्ठ ०५ गते बिहान ०८:५६ बजेको समयमा सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्नु भई नेपाल र नेपाल प्रहरीको झण्डा फहराउन सफल हुनु भएको थियो ।

सर्वोच्च शिखर सफतापुर्वक आरोहण गर्नु हुने शेर्पालाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक वधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।

आरोहण पश्चात जेष्ट ६ गते वेस क्याम्प आई पुग्नु भएकि शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले हार्दिक वधाई सहित स्वागत गरेको छ ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका-९ घर भएकि शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय साईवर व्यूरोमा कार्यरत हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।