झापा, मोरङ र धनकुटाबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ

विराटनगर, जेठ ०७ गते । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम ८१ मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जेठ ६ गते खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ बाट सोही स्थानका २५ बर्षीय अभिषेक लिम्बुको घर कोठाबाट ब्राउन सुगर २ ग्राम १ सय २० मिलिग्राम र स्पास्पेन १० चक्की फेला पारेसंगै बेचबिखनमा संलग्न धनकुटा-७ का १९ बर्षीय सागर सहनी, धनकुटा-१ का २२ बर्षीय राम राई र २४ बर्षीय दवा छिरीङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।