पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

काठमाडौं, ७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउन जोड दिएका छन्।

 

उनले जलवायु परिवर्तनका कारण मौसम चुनौतीहरू थप जटिल बन्दै गएको उल्लेख गर्दै अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने धारणा राखे।

राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आयोजित राष्ट्रिय मौसम फोरम–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले जलवायु पूर्वानुमानको प्रभावकारी उपयोगले जनधनको सुरक्षामा ठूलो भूमिका खेल्ने बताए।

उनले भने, “पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ। केवल निर्माण होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ।”

 

मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै, पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्थ्यो भन्ने दुःखद यथार्थप्रति चिन्ता व्यक्त गरे।

 

त्यसैगरी, हिमाल आरोहणमा गएका पर्यटकहरू समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उहाँले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना संप्रेषणमा लाग्नुपर्नेमा जोड दिए।

 

उनका अनुसार, विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्‍याउनु अत्यावश्यक छ।

 

“सुतिरहेका मजदुरहरू राती खोलाको बाढीमा ज्यान गुमाउनु परेको घटनाबाट हामीले सिक्नुपर्छ, सूचनाको समयमा वितरण नै सुरक्षाको आधार हो,” मन्त्री खड्काले भने ।

 

मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागलाई मागअनुसार बजेट विनियोजन गरिएको जानकारी दिदैँ भने, “मानव जीवन मात्र होइन, सम्पूर्ण प्रकृति संरक्षणका लागि यो प्रयास महत्वपूर्ण छ,” ।

 

साथै उनले विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) बीच भएको सहकार्यलाई जलवायु सेवा प्रणालीको समृद्धिका लागि सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।

 

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले स्वागत मन्तव्य दिँदै पूर्वानुमानलाई जनस्तरसम्म पुर्‍याउने आवश्यकता औंल्याए।

 

विभागका निर्देशक सुमनकुमार भुर्तेलले अघिल्लो वर्षको पूर्वानुमानको समीक्षा गरेका थिए भने वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले २०८२ सालको मनसुन पूर्वानुमान प्रस्तुत गरे।

 

कृषि, स्वास्थ्य, जलस्रोत, सिँचाइ र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा पूर्वानुमानको उपयोगबारे विस्तृत छलफल भएको कार्यक्रममा विभागका महानिर्देशक कमल राम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा मन्त्रालयका सचिवहरू सुरेश आचार्य र सरिता दवाडी, राष्ट्रिय योजना आयोगका सदस्यहरू, सरोकारवाला विज्ञहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।