डिआईजी चतुर्वेदीद्वारा मधेशका ८ जिल्लाको निरीक्षण सम्पन्न

सञ्जय मिश्रा /रौतहट, ९ जेठ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशको सबै ८ जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै शून्य सहनीलताको नीति अपनाएर काम गर्न निर्देशन दिएका छन्। 

 

प्रदेश प्रहरी कार्यालय जनकपुरधामको हालै कमाण्ड सम्हालेका डीआईजी  चर्तुवेदीले  प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयहरूको निरीक्षण सम्पन्न गरेका हुन्।

गत वैशाख २४ मा कमाण्ड सम्हालेका डीआईजी चर्तुवेदीले वैशाख २८ देखि जेठ ४ गतेसम्म धनुषा, सप्तरी, महोत्तरी, सिराहा, सर्लाही, रौतहट पर्सा, बारा समेत जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।

निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले अपराध नियन्त्रण, चोरी तस्करी, सिमा अपराध, फरार अभियुक्तको पक्राउ, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम र पुराना मुद्दा फर्स्यौटमा जोड दिन आदेश दिएका थिए।

उनले आचारसंहिता पालनासहित व्यवसायिक, अनुशासित र जनउत्तरदायी बन्न सम्पूर्ण प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका थिए। 

डीआईजी चर्तुवेदीले  सप्तरी स्थित प्रहरी अस्पताल, रौतहट गरुडा स्थित प्रहरी बिद्यालय, तालिम केन्द्र सहित कैयौं प्रहरी कार्यालयको समेत  निरीक्षण गरेका थिए।

उनले न्युज कारखानासँग कुरा गर्दै मधेश प्रदेशको आफ्नो कार्यकालमा आपराधिक क्रियाकलाप, तस्करी, लागुऔषध कारोवार, नियन्त्रणसँगै शून्य सहनशिलताको नीति अनुसार काम गर्ने लक्ष्य रहेको बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।