प्रेस चौतारीद्दारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा

महोत्तरी, ९ जेठ । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । 

प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको बिहीबार बर्दिबासमा सम्पन्न पहिलो बैठकले महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

 

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् । उनको बैशाख ३० गते अल्पायुमा निधन भएको थियो । महतको स्मृतिमा स्थापना गरिएको २५ हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिने प्रदेश समितिका अध्यक्ष लालबाबु शेखले जानकारी दिएका छन् ।

 

उक्त पुरस्कारका लागि प्रेस चौतारीले अक्षय कोष समेत स्थापना गर्ने भएको छ । कोषलाई सबल बनाउन अध्यक्ष शेखले मधेशका प्रत्येक जिल्लाले ५० हजार र प्रदेश समितिले एक लाख सहयोग गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकले ताली बजाएर अनुमोदन गरेको थियो । कोषलाई थप व्यवस्थित बनाउन पहल गरिने समेत शेखले बताएका छन् ।

 

यसैगरी, प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले फागुनमा मधेश सञ्चार सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन वीरगन्जमा आयोजना हुने केन्द्रीय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले जानकारी दिए ।

 

सञ्चार सम्मेलनसंगै चौतारीले प्रशिक्षण वर्षलाई सफल बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र मधेश प्रदेश भित्र प्रेस चौतारीको वैचारिक यात्रा समेत गर्ने भएको छ । चौतारी मधेश प्रदेशले एक वर्षे कार्ययोजना बनाएर अघि बढेको र वार्षिक कार्ययोजना उत्साहजनक ढंगले सफल बनाउने इन्चार्ज पौडेलको भनाई थियो ।

 

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहित चौतारीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्ष, चौतारीका अग्रज व्यक्तित्वको उपस्थिति रहेको थियो ।

 

प्रेस चौतारी मधेश प्रदेश समितिका अध्यक्ष शेखको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण प्रदेश महासचिव दिवाकर भण्डारीले गरेका थिए । बैठकमा केन्द्रीय सदस्य सुनिता कुमारीले स्वागत मन्तव्य राखेकी थिईन् ।

 

प्रेस चौतारी नेपालको टोलीद्धारा स्वर्गीय फणिदेव महतको परिवारसंग भेट

 

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको नेतृत्वको टोलीले स्वर्गीय फणिदेव महतको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । बर्दिबासमा आयोजित मधेश प्रदेश बैठक सकेर प्रेस चौतारी नेपालको टोली रौतहट पुगेर परिवारसंग भेट गरेको हो ।

भेटका क्रममा केन्द्रीय अध्यक्ष पाण्डेले महतकी पत्नी सुनन्दालाई समवेदना व्यक्त गरेका थिए । पाण्डेले महतका दुई छोराको शिक्षाका लागि संगठनले आवश्यक पहल गर्ने समेत बताए । सो क्रममा अध्यक्ष पाण्डेले मधेश प्रदेशको पहिलो बैठकमा संकलन भएको ६० हजार रकम महत पत्नी सुनन्दालाई हस्तान्तरण गरेका छन् ।

भेटका क्रममा महासचिव हिरामान लामा, मधेश इन्चार्ज अच्युत पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य रमेश सुवेदी, रमेश तिमिल्सिना, सुमन ढुंगाना, इन्दीप कोइराला, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, महासचिव दिवाकर भण्डारी, सचिव श्याम कुशवाहा, ग्यासु मियाँ देवान, कोषाध्यक्ष जितेन्द्र साह, रौतहट जिल्ला अध्यक्ष अशोक पहाडी, बारा अध्यक्ष थानेश्वर सापकोटालगायत उपस्थित थिए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।