मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं, ९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । 

 

मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए । 

 

उनले प्रधानमन्त्रीसँग आफूले र आफू सँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए । मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए ।

 

उनले भने, “हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल ग¥यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय कामहरू सम्पन्न पनि भकाएछन् । तर अझै सन्तोष मान्ने धेरै कामहरू अधुरा छन् । ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन ।”

 

मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायहरूलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए । 

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए । 

 

उनले भने,“हामी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै चिजहरू हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन् । समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ ।”

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमहरू मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा मन्त्रालय मातहतका निकायहरूले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।