झण्डै ४८ लाखको अबैध सामान सहित ट्रक बरामद

सर्लाही, ११ जेठ। सर्लाही स्थित प्रहरी गस्ती टोलीले झण्डै ४८ लाख रुपैयाँको बिभिन्न किसिमका अबैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।

आज आईतवार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र।३(०१(००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।

 

प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त ट्रक ९डिबा० गाडीमा  ४७लाख, ९७हजार,५०१ रुपैया बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरुको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरुको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले न्युज कारखानालाई बताए ।

कतिपय सामानको विलाबिजक नभएको र भएको बिल(बिजक पनी शंकास्पद देखिएकोले सामानहरु ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामान सहित ट्रक आवश्यक कारवाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।