शिक्षक नियुक्तिमा नवराजपुर गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा

मुकेश कुमार यादव/सिरहा, ११ जेठ। सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाईएको छ।

 

 

गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको हो। 

 

नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा २०८१ असार १२ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार असार १६ गते ९ जनाको लागी र चैत ५ गते पुनः ३ जना गरी जम्मा १२ जना शिक्षक पदपूर्तिको लागि सुचना प्रकाशित गरेको छ। जसमा १५१ जनाले दरखास्त दिएका थिए।

 

तर, नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा पालिकाले राजनीतिक र आर्थिक प्रभावमा पारी शिक्षा विकास तथा समन्वय ईकाईसंग सेटिङ गरेर शिक्षा समितिबाट अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागी सिफारिस लिएको देखिन्छ।

 

कानुनले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयले कम्तीमा तिन पटक अभिभावक भेला वोलाएर समिति गठन गर्नुपर्ने प्रावधान छन्। तर, विद्यालयले कानुन मिच्दै अभिभावक भेला नै नवोलाई शिक्षा समितिबाट निर्णय गराइउने प्रपञ्च रचेको देखिन्छ। अभिभावक भेला बिना नै शिक्षा समितिको निर्णयमा आधारित रहेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादवलाई अस्थायी समिति सदस्य बनाएका थिए।

 

शिक्षक नियुक्तिमा व्यापक आर्थिक लेनदेन भएको पुष्टि गर्ने अडियो रेकर्डहरू मेयरसाप डटकमले फेला पारेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय समितिका सदस्य जीवछ यादवबीचको फोन संवादमा नियुक्तिको लागी उठाइएको पैसावारे कुराकानी गरेको अडियो प्रमाण फेला परेको हो। 

 

संवादमा घुरन यादवले जीवछ यादवलाई, ‘जस्को पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखिया ज्यु कहाँ गएको छैन,। मुखिया भनेको (पालिका अध्यक्ष)लाई उपनामबाट सम्वोधन गरेका छन्। उनले प्रभात ठाकुरको ५ लाखमात्र अध्यक्ष कहाँ गएको भन्दै बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिइएको  बताएका छन्।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले शिक्षक नियुक्तिको सट्टामा भोज खर्च बापत रकम मागेको प्रमाणसमेत भेटिएको छ। एकजना व्यक्तिसंग ८ लाखसम्मको डिमाण्ड गरेको थियो। ठुलो रकम भएको भन्दै अस्वीकार गरे पनि अध्यक्षले ‘भोजको लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनेपछि उनलेले चेक दिएका थिए। चेकमार्फत रकम त निकालियो, तर जागिर भने नलगाइदिएको उनको गुनासो छ। 

 

त्यतीमात्र होईन परिक्षाको एकदिन अगाडी नै राती १ वजेर १३ मिनेटमा बरीयारपट्टी गाँउपालिका १ आधारभुत विद्यालयका प्रधानाध्यापक राम शुफल यादवको मोवाईल नम्वर ९८५११६२१७० बाट प्रश्नपत्र आउट भएको समेत फेला परेको छ। सो नम्वरबाट प्रश्नपत्र संगै उत्तर समेत पठाईको देखिन्छ। 
यस विषयमा श्री जनता नमुना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्मा संग परिक्षाको एकदिन अगावै पश्नपत्र वाहिरीएको र शिक्षक नियुतिmमा तपाईले नै रकम असुलेको प्रमाणहरु फेला परेको छ। यसमा तपाई के भन्न चाहनुहुन्छ? प्रश्नमा उनले, ‘यो सवै अफवाह हो। कसले र कसरी प्रश्नपत्र वाहिरीएको हो मलाई थाहा छैन। यो ईडिटिङपनि गरेको हुनसक्छ।’

 

यसै बिषयमा गाउँपालिका अध्यक्ष शिव उदगार संग जिज्ञासा् राख्दा उनले, यो सबै निराधार हो। बिपक्षीले भ्रम फैलाउन खोजिएको हो। कसैले पैसा लिएको प्रमाण फेला परे कार्यवाही गर्ने बताए। 

 

यता, आरोपितहरुलाइ बारम्बार प्रतिक्रिया लिन सम्पर्क गर्दा कसैलेपनी प्रतिक्रिया दिन चाहेनन् ।
शिक्षक नियुक्ति जस्तो संवेदनशील विषयमा आर्थिक लेनदेन र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई बर्वाद पारीएको जानकारहरु बताउँछन्। जनप्रतिनिधिहरु र कर्मचारीहरुले विद्यालयलाई सिकाइको केन्द्र होइन, कमाईको माध्यम बनाइएको उनीहरुको भनाई छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।