नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीको निरीक्षण

विराटनगर,जेष्ठ ११ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ ११ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले प्रहरी कर्मचारीहरुले अनुशासित र चेनअफ कमाण्ड अनुसार कर्तव्य निष्ठ भई उच्च मनोवलका साथ व्यावसायिक तवरबाट संगठनको नीति र निर्देशनको पालना गरी तोकिएको जिम्मेवारी आफ्नो पदिय दायित्व अनुसार बहन गर्नु बताउनु भएको छ । वहाँले भिड, हुलदंगा नियन्त्रणको निम्ति परिचालन हुँदा सम्यम्ता अपनाई सामुहिक भावनाका साथ बल प्रयोगका सिद्धान्त अनुसार जस्तो सुकै विषम परिस्थितमा पनि सम्यम्ता अपनाई सजक र कौशलयुक्त तर्तिबहरु अवलम्बन गरी स्थितिलाई सामान्य वनाउन निर्देशन दिनु भएको छ ।

वहाँले सुरक्षाकर्मी शारिरिक तथा मानसिकरुपमा स्वस्थ्य र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरुलाई मानसिक तथा शारिरिकरुपमा स्वस्थ्य रहन दैनिकरुपमा व्यायाम गर्न र बर्षातको समयमा हुन सक्ने विपदका घटनाहरुमा तत्काल उद्दारको निम्ति आवश्यक सामाग्रीहरु सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई विपद लगायत अन्य अवस्थामा प्रहरी जनशक्ती परिचालनको अवस्था तथा प्रदेश प्रहरी कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।